रातीगेडी
ना. [राती+गेडो+ई]
- चनाका जस्ता पात हुने, हल्का गुलाफी रङ्गका फूल फुल्ने, केराउका जस्ता कोसा लाग्ने, जरा 'जेठीमधु' कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टीका भएको रातो गेडो; लालगेडी; आँखीगेडी।
- थोरै धन (उदा.- हर्के बुढी आमैको एउटा छोरो भएकाले त्यही उनका निम्ति रातीगेडी भएको थियो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)