राष्ट्रिय झन्डा
ना.
- कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा।
- नेपालको संविधानअनुसार, सिम्रिक रङको भुईँ र गाढा निलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)