रिँगटा
ना. [सं. रिङ्गण]
- दुब्लोपन, गर्मी, डर आदिले वा फनफनी घुम्दा आफू वरिपरिका दृश्य, पदार्थ सबै घुमेजस्तो हुने भान वा टाउको घुमेजस्तो लाग्ने व्यथा; फनफने।
- चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)