रिल
ना. [अङ. रील]
- धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो।
- टिनबाट मट्टीतेल झक्ने एक प्रकारको पम्प।
- कुनै यन्त्रको घुम्ने भाग।
- चारकुने फल्याकलाई तल र माथिबाट आधाआधीजसो चिरी बिचमा कपेर साङ्ली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)