रूपक

ना. [सं.]

  1. साहित्यमा उपमान र उपमेयको अभिन्न सम्बन्ध देखाई वर्णन गर्दा पर्ने एक अर्थालङ्कार (उदा.- हाँस्तछे बालिका यौटी बालसूर्य भईकन।)
  2. नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथी र प्रहसन- यी दश भेद हुने अभिनेयकाव्य वा दृश्यकाव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)