रोहिणी

ना. [सं.]

  1. सत्ताइस नक्षत्रमध्ये चौथो नक्षत्र।
  2. चन्द्रमाकी स्त्रीको नाम।
  3. गाई।
  4. बिजुली।
  5. डल्ला मालाकार पात हुने, पहेँला फूल फुल्ने, राता ग्रन्थि र रौंले ढाकिएको फल लाग्ने, भाँच्ता दुध निस्कने एक जातको सदाबहार रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)