रोहित

ना. [सं.]

  1. गाढा वा चढेको रातो रङ।
  2. रगत; रक्त।
  3. गुराँसको फूल।
  4. रतुवा; मृग।
  5. एक जातको असल खालको माछो; रोहु।
  6. पुराणप्रसिद्ध राजा हरिश्चन्द्रका छोराको नाम।
  7. चढ्दो रातो रङको; लोहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)