र
संयो. [सं. अपर]
- दुई समान पद, पदावली वा वाक्य जनाउनलाई जोड्ने शब्द; योजक शब्द; तथा; अनि।
- यसकारण (उदा.- तिमीले बोलायौ र म आएँ)।
- त्यसपछि; अनि (उदा.- र मैले उसलाई निकै गाली गरेँ।
- वाक्यान्तमा आई प्रश्नको आशय बुझाउने निपात (उदा. मैले भनेको थिएँ र?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)