लगाउनु
स.क्रि. [लाग्+आउ+नु]
- शरीरमा वस्त्र धारण गर्नु; पहिरनु।
- रङ आदि पोत्नु वा घस्नु; लेपन गर्नु।
- कुनै कामकुरामा धन वा मनको उपयोग गर्नु।
- बोटबिरुवा आदि रोप्नु; लाउनु।
- अरूको छुल्याइँ वा चुक्ली गर्नु।
- अर्थ, भाव, अभिप्राय आदि प्रकट गर्नु।
- कुनै काम वा कुरोमा लाग्न कसैलाई प्रेरित गर्नु। प्रे.क्रि. ८ लाग्ने तुल्याउनु; लाग्ने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)