लगीलगित्या
ना.
- प्रचलनअनुसार गाउँका विभिन्न जातिका परिवार र तीनचार व्यावसायिक जातिका बिचमा हुने स्थायी सम्बन्ध। (यसमा एकै गाउँका कामी, दमाईँ, सार्की आदिको अर्को कुनै एक परिवारसँग स्थायी सम्बन्ध हुन्छ र उनीहरूले त्यस परिवारका निम्ति आवश्यक सरसामान बनाइदिने र काममा सघाउने गर्छन्। यसरी काम गरेबापत लगीबाट उनीहरूले बाली काटिसकेपछि वर्षभरिको एकमुस्ट र विशेष चाडपर्वमा आफ्नो भाग पाउँछन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)