लघु
वि. [सं.]
- लामो वा ठुलो नभएको; छोटो वा सानो।
- गह्रौँ नभएको; हलुको; हलौँ।
- अलिकति; थोरै।
- कनिष्ठ; कान्छो।
- एकमात्रिक स्वर वा ह्रस्व स्वर; त्यसको चिह्न (।)।
- एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कु, इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)