लचक्क
क्रि.वि.
- सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर। (उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ)।
- गद्दा वा स्प्रिङदार गद्दी आदि थिचिने र उक्सने भएर; लच्याक्क। (उदा.- यस्तो लचक्क लच्किने सोफामा बस्न सबैले कहाँ पाउँछन् र!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)