लट्टा

ना. [प्रा.]

  1. मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौँ।
  2. चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो।
  3. जोगीहरूको केशपाश; जटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)