लर्कन
ना.
- लर्कने वस्तु; झोल्लिने चिज (झल्लर, झुम्का आदि)।
- धान गोड्दा नलले नपाछोस् भनी निगाला वा नर्कटका ढुङ्ग्रा उनी जालीजस्तो बनाइएको, ज्यामीले नाडीमा लगाउने उपकरण।
- एक बिसाउनीदेखि अर्को बिसाउनीसम्मको हिँडाइ; वेग।
- नेटो वा मोड नआउँदासम्मको सोझो बाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)