लिङ्ग

ना. [सं.]

  1. पुरुषको जननेन्द्रिय; शिश्न। २. स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न। ३. मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग। ४. कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण। ५. व्याकरणमा पुरुष, स्त्री र नपुंसक छुट्ट्याउने शब्दका रूप (पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग)। ६. साङ्ख्यशास्त्रका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति। ७. मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)