लिनु
स.क्रि. [प्रा. लेहइ+इ+नु]
- अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु।
- धारण गर्नु।
- समात्नु; समाउनु।
- स्वीकार गर्नु; मान्नु।
- आक्रमण गरेर विजय गर्नु; जित्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)