लीन
वि. [सं.]
- नछुट्टिने गरी जोडिएको; टाँसिएको।
- छिपाइएको; प्रच्छन्न; लुकाइएको।
- काममा एकाग्र भई लागेको; तन्मय भएको।
- पग्लिएको; विगलित।
- कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)