वचन
ना. [सं.]
- मानिसका मुखबाट निस्कने वा उच्चरित हुने कुनै पनि सार्थक शब्द; बोली; वाणी; भनाइ; कथन।
- पक्कापक्की गरिने कुरो; कबुल; प्रतिज्ञा।
- शास्त्रमा बताइएको विधिविधानसम्बन्धी कुरो वा सूत्र।
- कुनै कामका निम्ति कसैलाई गरिने आज्ञा; आदेश।
- व्याकरणमा शब्दका रूपबाट एक वा एकभन्दा धेरै बुझाउने विधान वा त्यस्तो सङ्ख्या (जस्तो-एकवचन, बहुवचन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)