वरण

ना. [सं.]

  1. कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम।
  2. विवाहमा दुलहालाई गरिने आदरपूर्ण स्वागतसत्कार।
  3. कन्याले वर रोज्ने वा स्वीकार गर्ने काम।
  4. रोजाइ; छनोट; मनोनयन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)