वर्ण

ना. [सं.]

  1. दृष्टिमा आउने रूप वा आकृति; सौन्दर्य; वेशभूषा।
  2. पदार्थमा हुने रातो, सेतो, कालो, पहेँलो आदि रूपभेद; रङ्ग।
  3. हिन्दुधर्मअनुसार मनुष्यजातिका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र)।
  4. रँगाउने पदार्थ; रोगन।
  5. अ-देखि ज्ञ-सम्मका ध्वनिको प्रतीकचिह्न; टुक्र्याउन नसकिने ध्वनिको एकाइसूचक लिपि।
  6. स्थायी, आरोही, अवरोही र सञ्चारी गरी चार प्रकारका भेद हुने गायनको प्रत्यक्ष विधि वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)