वर्ष
ना. [सं.]
- दुई अयन, छ ऋतु र बाह्र महिना हुने, कालको एक प्रसिद्ध मान; संवत्सर; साल।
- कालगणनामा कुनै विशिष्ट चक्र वा अवधि पूरा हुन लाग्ने समय (जस्तै- चान्द्रवर्ष, सौरवर्ष, आर्थिक वर्ष इ.)।
- कुनै मासको निश्चित तिथिदेखि फेरि त्यही मासको आउने तिथिका बिचको समय।
- कुनै महाद्वीपको प्रधान भाग वा विभाग (जस्तै- भारतवर्ष, इलावर्ष आदि)।
- जन्मदेखि वर्तमानसम्मको समय; उमेर; आयु।
- झरी; वृष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)