वाच्य

ना. [सं.]

  1. वाक्यमा कर्ता, कर्म र भावको काम बुझाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद। (जस्तै- कर्तृवाच्य: म किताब पढ्छु; कर्मवाच्य : (मद्वारा) भात खाइयो; भाववाच्य: (हामी) आइनेछ इ.)।
  2. अभिधाद्वारा व्यक्त हुने अर्थ।
  3. तिरस्कार; निन्दा।
  4. भन्न वा कहन योग्य।
  5. शब्द वा अभिधाद्वारा बोध हुने; अभिधेय (अर्थ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)