वालरस
ना. [अङ्.]
- उत्तरी ध्रुवमा पाइने, तेह्र फिट लम्बाइ र दुई टन वजनसम्म पुग्ने, तीन फिटजति लामा दाह्रा निस्केको, बाक्लो तर रौँ नभएको, गह्रागह्रा परेको छाला हुने स्तनपायी जन्तु; स्तनधारी समूहमा पर्ने एक जनावर। (इस्किमो भनिने, हिउँमा बस्ने मानिसले सिकार खेलेर यसको मासु खाने गर्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)