वासना
ना. [सं.]
- सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास।
- इच्छा; चाहना; आकाङ्क्षा; कामना।
- मानसिक अनुभूति; भावना।
- संस्कारका रूपमा अवस्थित पूर्वजन्मको अभिलाषा; आनुवंशिक संस्कार।
- अज्ञान; भ्रान्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)