वासवदत्ता
ना.
- सुबन्धुको आफ्नै कल्पनामा आधारित प्रेमकथात्मक एक संस्कृत गद्यरचना (यस प्रेमाख्यान र त्यसकी नायिकाको 'कथासरित् सागर' मा पाइने वत्सराज उदयन र वासवदत्ताको प्रेमाख्यान तथा त्यसकी नायिकासँग कुनै सम्बन्ध छैन)।
- कतिपय कथामा वर्णित एक प्रसिद्ध गायिका।
- राजा उदयनकी रानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)