वास्तु

ना. [सं.]

  1. घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी।
  2. घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ।
  3. घर; वासस्थान; भवन; आवासगृह।
  4. नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजाआजा; घरपैँचो।
  5. भवननिर्माण गर्ने शिल्प वा कला।
  6. भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)