वाहिनी
ना. [सं.]
- देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज।
- उहिलेको सेनाको एक विभाग। (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन्)।
- वाहित गर्ने; लग्ने; बगाउने (जस्तो- उत्तरवाहिनी, रक्तवाहिनी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)