विकट

वि. [सं.]

  1. डरलाग्दो; भयङ्कर; भीषण।
  2. अप्ठेरो; कठिन; मुस्किल।
  3. जान वा पुग्न नसकिने; दुर्गम।
  4. बडेमाको; नसुहाउँदो; भद्दा।
  5. ज्यादै नराम्रो; कुरूप।
  6. घमन्डी; गर्विलो; अभिमानी।
  7. रिसले आँखीभौँ तन्केको; रिसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)