विकल्प

[सं.]

  1. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार।
  2. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम; अथवा।
  3. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम।
  4. अन्यौल; भ्रान्ति; भ्रम।
  5. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति।
  6. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)