विकार
ना. [सं.]
- कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण।
- बिग्रेको स्थिति; खराब भएको अवस्था।
- अदलबदल; हेरफेर; परिवर्तन।
- पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली।
- अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम।
- अरूलाई जानेर वा नजानेर बिगार गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)