विकिरण
ना. [सं.]
- छर्ने वा फिँजाउने काम।
- मार्ने काम; हिंसा।
- बोध; ज्ञान।
- छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम।
- विभिन्न असाधारण किरण; जस्तै-क्ष-किरण, अल्फाकिरण आदिको उत्पत्ति हुने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)