विचार
ना. [सं.]
- कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन; मनन।
- मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर।
- मनको सोचाइ; मनको अनुभूति।
- तत्त्व-परीक्षा; तात्त्विक तर्कवितर्क।
- वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला।
- सत्य र असत्य कुरा छुट्ट्याउने बुद्धि; विवेक।
- रेखदेख; हेरविचार। क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; घोत। ९. शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)