वितान

ना. [सं.]

  1. पुगेजति फैलाउने काम; फैलावट; विस्तार।
  2. मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चँदुवा।
  3. पाल।
  4. मौका; अवसर।
  5. खाली; रित्तो; शून्य।
  6. मूर्ख; बुद्धिहीन; शठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)