विद्रोह
ना. [सं.]
- सरकारको कार्यसञ्चालनमा बाधा पुर्याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव; विप्लव; क्रान्ति।
- शासनसत्ता वा सरकारलाई पल्टाउने काम।
- ठुलो विरोध; कडा शत्रुता।
- भनाबैरी; झैझगडा।
- रिस; आवेश; द्वेष; तीव्र ईर्ष्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)