विधान

ना. [सं.]

  1. प्रारम्भ गरिने कामको पूर्वयोजना; कुनै कामकुराको आयोजन।
  2. कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
  3. बनाउने काम; निर्माण; संरचना।
  4. पद्धति; विधि; प्रणाली।
  5. राज्य वा सरकारले समयसमयमा देशको आवश्यकताअनुकूल बनाएका नियमहरूको सङ्ग्रह; ऐन; कानुन।
  6. राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान।
  7. कुनै सङ्घ, संस्था, सङ्गठन आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली।
  8. कामकाज; व्यवहार।
  9. धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)