विपर्यय
ना. [सं.]
- तलमाथि वा अगाडिपछाडि परेको अवस्था; क्रमको अभाव; व्यतिक्रम।
- सिलसिला टुटेको रूप; क्रम भत्केको अवस्था।
- भ्रम; भ्रान्ति।
- गल्ती; भुल।
- उल्टोपन; प्रतिकूलता।
- साटफेर; विनिमय; अदलाबदली।
- भेष वा पोसाकको परिवर्तन।
- अभाव; शून्यता।
- हानि; नोक्सान।
- विनाश; खतम।
- विपत्ति।
- द्वेष; रिस।
- कुनै शब्दमा वर्ण अगाडिपछाडि पर्ने स्थिति (जस्तो पिशाच > पिचास आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)