विभक्ति

ना. [सं.]

  1. अंशभाग; बाँडचुँड; विभाजन; विभाग।
  2. अलग्याउने काम; पृथक्करण।
  3. अंश; भाग; हिस्सा।
  4. व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)