वियोग
ना. [सं.]
- अलगिने वा छुट्टिने काम; अलग्ग्याइ; बेग्ल्याइ।
- इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड; छुट्टिम।
- बिछोडको वेदना; विरह।
- एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम; घटाउ।
- फरक; अन्तर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)