विरुद्ध
वि. [सं.]
- कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको; विपरीत।
- एकदमै नमिल्ने; उल्टो; प्रतिकूल।
- नसुहाउँदो; अप्रासङ्गिक; असङ्गत।
- विरोध गर्ने; असहमति; विरोधी।
- शत्रु; विपक्ष; वैरी।
- रोक लगाइएको; रोकिएको; अवरुद्ध।
- वैरभाव; शत्रुता।
- विरोध; असहमति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)