विरूपाक्ष
वि.
- ज्यादै भद्दा वा नराम्रो आँखा भएको।
- शिव; महादेव।
- महादेवका गणहरूमध्ये एक गण।
- एक राक्षस।
- एक नाग।
- एक यक्ष।
- एक लोकपाल।
- किरातकालमा बनेको अनुमान गरिएको, नेपालको पशुपति आर्यघाटमा अवस्थित एक पाषाणमूर्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)