विरोध
ना. [सं.]
- कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न।
- विभिन्न तर्क वा विचारको विपरीत भावना; प्रतितर्क; प्रतिविचार।
- नमिल्दो वा उल्टो स्थिति; प्रतिकूलता।
- मतभेद; फूट।
- वैरभाव; शत्रुता; दुस्मनी।
- बाधा; अवरोध; अड्काउ; रोकावट।
- जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोध वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
- चारैतिरको छेकवार; घेरो।
- नियन्त्रण; रोकतोक।
- बेमेल; असङ्गति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)