विलास
ना. [सं.]
- भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा।
- खेलकुद; क्रीडा;
- मनोविनोद।
- पुरुषका प्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको चेष्टाविशेष; नारीको हाउभाउ।
- स्त्री र पुरुषका बिचको आकर्षण; कामुकता; लम्पटता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)