विशुद्ध
वि. [सं.]
- विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो।
- अरू वस्तु वा कुरा नमिसिएको।
- छलकपट नभएको; पाप नभएको; निष्पाप।
- कुनै कलङ्क वा दाग नभएको; निष्कलङ्क।
- हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)