विशेष
वि. [सं.]
- गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण।
- विलक्षण।
- अधिक।
- विशिष्टता।
- न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव आदि सात पदार्थमध्ये एक।
- विशेष गुणद्वारा वस्तुको परिचय गराइँदा हुने एक अर्थालङ्कार।
- कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्नेचलाइने (जस्तो- विशेष उत्पादन, विशेष काम, विशेष डाँक, विशेष छुट, विशेष प्रस्ताव इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)