विशेष योग्यता

ना. [सं.]

  1. कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता।
  2. कुनै परीक्षामा निर्धारित विषयमध्ये कुनै, केही वा सबै पत्रमा पचहत्तर प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्दा देखिने योग्यता; विशेष किसिमको दक्षता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)