विषम

वि. [सं.]

  1. सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान।
  2. सम्म नपरेको; समतल नभएको (जमिन आदि)।
  3. दुई अङ्कले भाग नलाग्ने; बिजोर (सङ्ख्या)।
  4. सजिलैसित बुझ्न नसकिने; बुझ्न गाह्रो; दुर्बोध्य।
  5. सम्पन्न गर्न अप्ठ्यारो; पार गर्न मुस्किल; विकट।
  6. दुःख वा डर पैदा गर्ने किसिमको; कष्टकर; भयङ्कर।
  7. एक दिन बिराएर आउने (ज्वरो)।
  8. अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको ; ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने।
  9. चारै चरणमा समान अक्षर नहुने छन्द।
  10. दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)