वीरगति
ना.
- युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति।
- योगसाधनामा संलग्न समाधिस्थ योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)