वीर
ना. [सं.]
- आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति; सुरो, आँटिलो वा बहादुर व्यक्ति।
- योद्धा।
- भाले बँदेल।
- वीर रस।
- थारूजातिका स्त्रीहरूले कानमा लाउने चाँदीको गहना।
- बलवान्; साहसी; पराक्रमी; पुरुषार्थी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)