वेदान्त
ना. [सं.]
- वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त।
- आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड; ब्रह्मविद्या।
- षड्दर्शनमध्ये अद्वैतवादको प्रतिपादन गरिएको एक दर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)