वेध
ना. [सं.]
- कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया; छेडाइ।
- दूरवीक्षणयन्त्रद्वारा टाढाटाढाका ग्रह, नक्षत्र हेर्ने काम।
- तारो आदिलाई निसाना बनाई हान्ने काम; तारोहनाइ।
- ग्रहको स्थान निश्चित गर्ने काम।
- कुनै ग्रह अर्को ग्रहको सामुन्ने हुन पुग्ने क्रिया।
- छिद्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)